Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर प्रतितोला ४२ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्