Skip to content

‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु

nmb bank inside

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ।

आयोजक संस्थाले काठमाडौंको सोल्टि होटलमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो ।

यस वर्षको प्रतियोगिता ‘एभचाभअत ब्क थ्यग ब्चभ’ ९तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ० भन्ने नारासहित आयोजना हुँदैछ। आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागी अझ भब्य तयारी गरेको बताइन् ।

पुरीका अनुसार फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै हुनेछ। साथै आयोजक संस्थाकी सिइओ सबि पुरीले मिसयुनिभर्स नेपाल २०२६ मा अबिवाहित र बिवाहित दुबै महिलाले सहभागिता जनाउन सक्नेछन् । साथै नेपाल बाहिर रहेका गैर आबासिय नेपालीले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको ऐतिहासिक कार्यकालपछि सुरु भएको नयाँ संस्करणले देशभर तथा विदेशमा रहेका महत्वाकांक्षी नेपाली युवतीहरूलाई आवेदन दिन आह्वान गरेको छ। प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।

आयोजकले प्रतियोगीहरूलाई ‘के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छरु’ भन्ने प्रश्नसँगै मुख्य प्रतिस्पर्धामा सहभागी हुन आमन्त्रण गरेको छ।

यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक वकालत र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइएको छ।

प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ।

त्यसैगरी नेपालकै अग्रणी प्रविधि ब्रान्ड एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण निर्माण गर्न सबै साझेदार संस्था प्रतिबद्ध रहेको बताइयो ।

यस बर्षका लागी टाइटल स्पोन्सर्डको रूपमा जोडिएको दिपलका सिइओ बिवेक विबेक सिकारियाले मिस युनिभर्स नेपालसँग जोडिन पाउनु आफूहरुको लागी खुसीको कुरा रहेको बताए ।

आयोजकका अनुसार आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ। इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्