Skip to content

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

nmb bank inside

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण घटेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ । उत्पादनमा आएको गिरावट र मागमा देखिएको वृद्धिले अण्डाको मूल्य उकालो लागेको हो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ४५० बाट बढेर रु ५०० पुगेको छ। त्यस्तै, मध्यम अण्डा रु ४२० बाट रु ४७० पुगेको छ भने सानो अण्डाको मूल्य रु ४१५ कायम गरिएको छ। सबै श्रेणीमा प्रतिक्रेट रु ५० का दरले मूल्य वृद्धि गरिएको सङ्घले जनाएको छ।

सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हाल अण्डाको माग क्रमशः बढ्दै गएकाले मूल्यमा सुधार देखिएको हो। उनका अनुसार दैनिक करिब ४५ लाख गोटा उत्पादन हुँदै आएको अण्डा बर्डफ्लुको असरपछि घटेर झण्डै २८ लाख गोटामा सीमित भएको छ।

यसअघि जेठ महिनाको अन्त्यतिर एक क्रेट अण्डाको मूल्य रु ५५० पुगेको थियो भने त्यसपछि घट्दै रु ४५० मा झरेको थियो। यद्यपि, हाल मूल्य बढे पनि किसानहरूले अझै उत्पादन लागत बराबर मूल्य पाउन सकेका छैनन्। सङ्घका अनुसार एक क्रेट अण्डाको लागत मूल्य करिब रु ५७३.६० पर्छ, जुन प्रति गोटा रु १९.१२ बराबर हो।

अध्यक्ष पोखरेलले छिट्टै लागत मूल्य बराबर मूल्य प्राप्त हुने आशा किसानमा रहेको उल्लेख गर्दै बर्डफ्लुका कारण ठूलो क्षति व्यहोरेका किसानहरूलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्