काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। महानगरवासी तथा विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई उपलब्ध गराइएको हो।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सामग्री हस्तान्तरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन्। उपलब्ध सामग्रीबाट करिब ३०० बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।
ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको सहयोगबाट सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सामग्रीको पारदर्शी उपयोग गर्ने प्रतिबद्धता जनाए।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार सामाजिक सुरक्षा एकाइको सिफारिसका आधारमा विपन्न तथा बेवारिसे बिरामीलाई र महानगरको सिफारिसमा महानगरवासीलाई मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्