Skip to content

मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । मंगलबार नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको  छ । कारोबारको अघिल्लो दि७न सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्