कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले देउवा पक्षको राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा डा. शशांक कोइरालालाई चयन गरेको छ।
कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिको संयोजक घोषणा गर्दै समितिमा ५५१ सदस्य रहने जानकारी दिए।
उनका अनुसार राष्ट्रिय भेला सफल बनाउन १६ वटा मूल समिति गठन गरिएको छ। गठित समितिमा राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचारप्रसार समिति, संस्कृति तथा स्वास्थ्य समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, सहभागी व्यवस्थापन समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति लगायत रहेका छन्।
विश्वकर्माले राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको र गठित समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाउने बताए।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्