गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
जनकपुर । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि अहिले १ घण्टाको लागि ब्रेक लिइएको छ । गृहमन्त्री सुदन गुरुङसहित, रास्वपाका सांसद, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलसहित एसपी, डिएसपी, डिआईजी लगायका सुरक्षा निकायका पदाधिकारीसहितको टोलीहरु पनि वार्तामा सहभागी रहेका छन् ।
पहिलो चरणको वार्ता सिद्धिएर निस्किने बेला सञ्चारकर्मीहरु संग छोटे प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनले उठाएका मागहरु आफूले गम्भिर भएर सुनेको बताए । उनले सबै माग तत्कालका लागि पूरा गर्न नसकिने देखिएको बताए । उनले जायज मागहरु तत्कालै सम्बोधन गर्ने जानकारी दिए ।
वार्तामा सहभागी विश्व हिन्दू परिषद नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दू राष्ट्र कायम गर्नेमा आफूहरु अडिग रहेको जानकारी दिए । गृहमन्त्री गुरुङले तत्कालै सम्भव नभएकोले हिन्दू राष्ट्र कायम गर्ने भन्ने विषयलाई केन्द्रमा छलफल गरेर अगाडि बढाईने आश्वासन दिएको अध्यक्ष रमनले बताए । उनले आफूहरुको अन्य मागहरु प्रति गृहमन्त्री साकारात्मक देखिएको जानकारी दिए ।
अर्को चरणको वार्ता आजै १ घण्टा पछि बस्ने बताइएको छ ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्