Skip to content

प्रहरी हिरासतमा रहेकी बैंकर रश्मीको कथा- ‘जुनियर अफिसरदेखि ‘छाया सीईओ’सम्म, आखिरमा कसरी भयो करियर पतन ?

nmb bank inside

काठमाडौँ । बैंकमा एक दशकअघि सामान्य कर्मचारीका रूपमा प्रवेश गरेकी रश्मी पन्त आज प्रहरी हिरासतमा छिन्। सीआईबीले उनलाई विनाधितो ४८ करोड रुपैयाँ कर्जा प्रवाह र त्यसको दुरुपयोग प्रकरणमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बैंकिङ घोटालाको अर्को प्रकरणमा फरार भएकी उनी केहि दिन अघि मात्र थुनछेक बहसको दिन अदालतमा हाजिर भएर ५६ लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन् । पछि प्रहरीले उनलाई पुन: अर्को घोटालामा पक्राउ गरेको छ ।

कुनै बेला राष्ट्रिय मिडियाहरुमा सफल बैंकर, सुन्दरी बैंकर, अवको महिला सीइओ लगायतका शब्दका गुच्छा बुनेर गुणगान हुने रश्मी पन्त कसरी प्रहरी हिरासतसम्म पुगिन् त ? आखिर रश्मी पन्त को हुन् ? र उनी कसरी प्रभु बैंकको सबैभन्दा शक्तिशाली अधिकारीमध्ये एक बनिन् ? आउनुहोस् चर्चा गरौँ । रश्मी पन्तका लागि २०७२ सालको भुईचालो करियर सुरुवातको गज्जबको बर्ष बन्यो । उनी प्रभु बैंकमा जुनियर अफिसरका रूपमा प्रवेश गरिन्।

म्यानेजमेन्ट ट्रेनीका लागि आवेदन दिएकी उनलाई बैंकले सिधै एक तह माथिको नियुक्ति दियो । कारण उनलाई जागिर दिन राम्रै ठाउँबाट ज्याक लागेको थियो । त्यसपछि त बढुवाका बढुवा, बढुवाका बढुवा, उनको बढुवाको गति अचम्मको देखियो । एकपछि अर्को बढुवा हुँदै करिब १० वर्षमै उनी सहायक महाप्रबन्धक, पदसम्म पुगिन्। प्रभु बैंक भित्र उनी यति शक्तिशाली बनिन् कि बैंकका धेरै कर्मचारीले उनलाई ‘छाया सीईओ’ भनेर चिन्ने गर्थे। तर अहिले उनको बास प्रहरीको हिरासतसम्म पुगेको छ ।

रिसोर्टलाई धितो नै रोक्का नगरी ४८ करोड रुपैयाँ कर्जा स्वीकृत गरिएको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको छ। उनी यति धेरै घोटालामा मुछिएको चर्चा कि, अव उनलाई यो सब केसबाट उम्किन साँच्चै गाह्रो हुने तर्क स्वयम् बैंकका कर्मचारीहरुको छ । एक समय ४–५ वर्षभित्र वाणिज्य बैंकको सीईओ बन्ने सपना सार्वजनिक रूपमा व्यक्त गर्ने रश्मी पन्त अहिले भने प्रहरी हिरासतमा बसेर अनुसन्धानको सामना गरिरहेकी छन्।

प्रश्न अब रश्मी पन्तको मात्रै होइन। एउटा जुनियर कर्मचारी असाधारण गतिमा शीर्ष व्यवस्थापनसम्म कसरी पुग्यो ? किन बैंकभित्र सबै निर्णय एउटै व्यक्तिको वरिपरि केन्द्रित भए ? र यस्ता विवाद दोहोरिन नदिन बैंकको आन्तरिक सुशासन र नियामकको निगरानी कहाँ कमजोर भयो ? यी प्रश्नको उत्तर खोजिनुपर्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्