काठमाडौं । नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षण, रेफ्री तथा प्रशिक्षक विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । त्यस्तै, १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप तथा ११औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग काठमाडौंमा आयोजना गरिनेछ ।
यसैगरी, सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, ईभीएल महिला फ्रेन्चाइज लिग र एनभीएल पुरुष भलिबल लिग पनि कार्यक्रम तालिकामा समावेश छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २०औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबल जापानमा हुनेछ । काभा बीच भलिबल टुर भुटानमा सेप्टेम्बरमा आयोजना हुनेछ भने काभा महिला च्याम्पियन्स लिग काठमाडौंमा नोभेम्बर १ देखि ७ सम्म सञ्चालन हुने तय गरिएको छ । यसैगरी काभा बीच भलिबल टुर माल्दिभसमा समेत हुनेछ ।
त्यसैगरी, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा यू–१६ भलिबल च्याम्पियनसिप, काभा च्यालेन्ज कप (पुरुष), यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, मैत्रीपूर्ण महिला तथा पुरुष खेल र थ्री नेसन्स कप समेत वार्षिक कार्यक्रमअन्तर्गत समावेश गरिएको छ । केही कार्यक्रमको स्थान तथा मिति भने पछि तय गरिने संघले जनाएको छ ।
नेपाल भलिबल संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रमले राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय सहभागिता, खेलाडी विकास तथा प्राविधिक जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्