काठमाडौँ। नेपाल शिक्षक महासङ्घले भदौदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकार शिक्षकका मागप्रति अनुदार र उदासीन बनेको आरोप लगाउँदै महासङ्घले भदौ महिनादेखि आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
आइतबार र सोमबार सम्पन्न महासङ्घको राष्ट्रिय परिषद् बैठकले आन्दोलनको मिति, स्वरूप र कार्यक्रम निर्धारण गर्ने अधिकार विस्तारित कार्यालय बैठकलाई दिएको जनाएको छ।
परिषद्ले सरकारले विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेको निष्कर्ष निकाल्दै आन्दोलन अपरिहार्य भएको ठहर गरेको छ। महासङ्घले सहमतिअनुसार अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, साउन महिनादेखि शिक्षकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन तथा अव्यवहारिक सरुवा प्रणाली खारेज गर्न माग गरेको छ।
यस्तै, अस्थायी, राहत, ज्यालादारी, संस्थागत, ईसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि न्यूनतम तलब सुनिश्चित गर्न पनि महासङ्घले जोड दिएको छ। प्रोत्साहन भत्तासम्बन्धी अन्योल हटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आधिकारिक धारणा सार्वजनिक गरी स्पष्ट तलबमान घोषणा गर्नुपर्ने माग समेत राखिएको छ।
महासङ्घले आफ्ना जायज मागप्रति सरकार गम्भीर नबने भदौदेखि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएको छ। साथै, शिक्षा क्षेत्रका समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्