काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले पछिल्ला केही दिनयता देशमा जटिल र गम्भीर प्रकृतिका विभिन्न समस्या देखिएको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले व्यक्तिगत स्वार्थ र राजनीतिक लाभ–हानिभन्दा माथि उठेर सामूहिक रूपमा काम गरे समाधान सम्भव हुने बताइन् ।
उनले भनिन, ‘पछिल्ला केही दिनहरूमा नेपालमा जटिल र गम्भीर प्रकृतिका समस्याहरू देखा परेका छन् । जसले हामी सबैलाई तरङगित बनायो । तर व्यक्तिगत स्वार्थ र राजनीतिक लाभहानी भन्दा माथि उठेर समुहिक पहल गर्ने हो भने सबै समस्याको समाधान निकाल्न सकिन्छ भन्ने पनि देखिएको छ ।’
उनले जनप्रतिनिधिहरूले स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दा समाजमा विभिन्न समस्या देखिएको र ती समस्याको समाधान सरकारले गर्ने अपेक्षा नागरिकमा अझै कायम रहेको अनुभव भएको बताइन् ।
उनले भनिन्, ‘हामी स्थानीय मतदाता र नागरिकहरूसँग संवाद गर्न जनताका घर आँगनसम्म पुग्यौं । समाजमा धेरै प्रकारका समस्या छन् । सरकाले ती समस्या समाधान गरिदिन्छ कि भन्नेमा आशावादी छौं ।’
सरकारी अस्पतालमा खोप र क्यान्सरका अत्यावश्यक औषधिको अभाव रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले क्यान्सर उपचारका लागि आवश्यक केही अत्यावश्यक औषधिसमेत अभावमा रहेको भन्दै यसको कारणबारे सरकारसँग स्पष्ट जवाफ मागिन् ।
उनले भनिन्, ‘सरकारी अस्पतालमा रेविजविरुद्धको खोपको हाहाकार छ । तर त्यही खोप थोरै महँगो मूल्य तिर्दा निजी क्लिनिकहरुलाई सजिलै उपलब्ध छ । क्यान्सर रोगका अति आवश्यक केही अैषधिहरु पनि अभाव छ । यो कृतिम अवस्था हो की सरकारले व्यवस्था गर्दागर्दै पनि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्न नसकेको हो ?’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्