काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुनेएन्टी स्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताइन् ।
उनले सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न र सुझावलाई विषयगत रूपमा समेटेर जवाफ प्रस्तुत गरिएको बताइन् ।
उनले भनिन्,‘स्वास्थ्य सेवा प्रवाहलाई थप सुलभ, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने सम्बन्धमा माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषयप्रति मन्त्रालय पूर्ण रूपमा गम्भीर छ । सरकारले यसलाई उच्च प्राथमिकतामा राखी आवश्यक सुधारका लागि कार्यहरू अघि बढाइरहेको छ ।’
एन्टीस्नेक भेनमको आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार हाल देशभर १ हजार २६९ डोज एन्टीस्नेक भेनम मौज्दात रहेको जानकारी दिइन् ।
उनका अनुसार केन्द्र स्टोरमा १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ डोज, स्वास्थ्य कार्यालयहरूमा २२२ डोज र सर्पदंश उपचार केन्द्रहरूमा ४६५ डोज एन्टी स्नेक भेनम उपलब्ध रहेको छ ।
उनले भनिन्, ‘एन्टी स्नेक भेनमको आपूर्तिसम्बन्धी प्रश्नहरू पनि उठाउनुभएको छ । स्वास्थ्य सेवा विभागको आजको तथ्यांकअनुसार हाल देशभर केन्द्र स्टोरमा १३८, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४, स्वास्थ्य कार्यालयहरूमा २२२ तथा सर्पदंश उपचार केन्द्रहरूमा ४६५ गरी जम्मा १ हजार २६९ डोज सर्पदंश उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम मौज्दात रहेको छ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्