Skip to content

शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीबार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ५८० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७० मा कारोबार भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्