Skip to content

सार्वभौमसत्ताको हिसाबले नेपाल कुनै पनि देशभन्दा सानो छैन : सांसद कृपाराम राना

nmb bank inside

काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र जनभावनामाथि कुनै पनि प्रकारको आघात स्वीकार्य नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले भूगोल, जनसंख्या वा अर्थतन्त्रका आधारमा कुनै राष्ट्र सानो वा ठूलो हुन सक्ने भए पनि सार्वभौमसत्ताका दृष्टिले सबै राष्ट्र समान हुने धारणा राखे।

उनले भने, ‘यो देशको सार्वभौमसत्ताको पक्षमा, नेपाली जनताको पक्षमा हामी निरन्तर आवाज उठाउँदै आएका छौं। कुनै पनि राष्ट्र भूगोल, जनसंख्या र अर्थव्यवस्थाको हिसाबले सानो–ठूलो हुन सक्छ, तर सार्वभौमसत्ताको हिसाबले कुनै पनि देश एकअर्काभन्दा सानो वा ठूलो हुँदैन, सबै समान हुन्छन्।’

सांसद रानाले नेपालको भूगोल, जनसंख्या र अर्थतन्त्र छिमेकी मुलुकभन्दा सानो देखिए पनि सार्वभौमसत्ताको दृष्टिले नेपाल गौरवशाली, ऐतिहासिक र ओजपूर्ण राष्ट्र भएको बताए।

‘नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन,’ उनले भने, ‘राष्ट्रियता भनेको केवल भूगोल र माटो मात्र होइन, सचेत र एकीकृत भावनासहितको जनताको भावना पनि हो,’ उनले भने ।

उनले राष्ट्रिय भावनामाथि कुठाराघात भइरहेको उल्लेख गर्दै राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्