काठमाडौं । यूएईका चर्चित कन्टेन्ट क्रियटर ‘जमजम दाजुभाइ’ नेपाल आइपुगेका छन् । उनीहरू आज काठमाडौं आइपुगेका हुन् ।
शनिबार उनीहरुले सिभिल मलमा जमजम पफ्र्युमको आउटलेट औपचारिक उद्घाटन गर्दैछन् ।
जमजम दाजुभाइको वास्तविक नाम अब्दुल गफुर र मोहम्मद शकुर हो । अब्दुललाई ‘बडे भाइ’ र मोहम्मदलाई ‘छोटे भाइ’ भनेर चिनिन्छ । उनीहरूले अत्यन्तै सामान्य अवस्थाबाट आफ्नो व्यवसाय सुरु गरेका थिए । अहिले दुबईका सफल व्यवसायीमध्ये पर्छन् ।
जमजम दाजुभाइ जमजम इलेक्ट्रोनिक्सका सञ्चालक हुन् । मोबाइल फोन, ल्यापटप र अन्य विद्युतीय सामग्रीहरूका लागि यो निकै प्रसिद्ध पसल हो । युट्युब, टिकटक र इन्स्टाग्राममा उनीहरूको ठूलो फ्यान फलोइङ छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्