Skip to content

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

nmb bank inside

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ९८, रातोबत्तीमा ७६ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १८४, हर्न निषेधमा २४, लेन क्रसमा १९, अवस्था ठिक नभएको २३, एकतर्फीमा २३ र अन्यमा ६१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्