Skip to content

आदिवासी समुदायको अधिकार, पहिचान र समावेशी न्यायपूर्ण नेपाल निर्माणमा कांग्रेसको जोड

nmb bank inside

आदिवासी समुदायको अधिकार, पहिचान र समावेशी न्यायपूर्ण नेपाल निर्माणमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताका पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी भएको दाबी गरेको छ । 

आइतबार विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि भएका संवैधानिक, कानुनी र संस्थागत पहललाई कांग्रेसले आफ्नो राजनीतिक यात्राका महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठानलगायत संस्थागत संरचनाको निर्माण भएको पनि उल्लेख छ । कांग्रेसले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा र स्वाभिमानको संरक्षण तथा प्रवद्र्धनका लागि शुभकामना व्यक्त गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक रूपान्तरणसम्म आइपुग्दा आदिवासी जनजातिसहित उत्पीडित, सीमान्तकृत र पछाडि पारिएका समुदायका अधिकार तथा राजनीतिक सहभागिताका सवाललाई पार्टीले महत्वपूर्ण विषयका रूपमा आत्मसात् गर्दै आएको उल्लेख गरेको छ । 

विश्व आदिवासी दिवसले नेपालका आदिवासी जनजातिको उत्थान, अधिकार स्थापना तथा सांस्कृतिक संरक्षणमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्