कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन् ।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए ।
सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दाबी गर्नुभयो। अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए ।
सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको उनको भनाइ थियो ।
सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै केही गर्न ढुक्क भएर अघि बढ्न आग्रह बताए । विदेश जानुपर्ने बाध्यताभन्दा स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्