काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले फिल्म ‘गौँथली’ टिमलाई सम्मान गरेको छ । स्थानीय तहले बालबालिकाको क्षेत्रमा संचालन गरिरहेको अभियान ‘बालविवाहमुक्त पालिका’ र फरक क्षमता भएकाहरूको विषयमा गरिरहेको जनचेतनामूलक कार्यलाई टेवा पुग्ने गरी फिल्म ‘गौँथली’ निर्माण भएको जानकारी गराउँदै यसका निर्देशक डा. कपिल रिजाल, अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई महासंघले चितवनमा सम्मान गरेको हो ।
फिल्मका निर्देशक डा. कपिल रिजालले फिल्मले दिएको संदेशलाई बुझेर त्यसलाई मनन गरेको भन्दै महासंघलाई धन्यवाद दिए ।
‘गौँथली निर्माणको उदेश्य नै फरक क्षमता भएका प्रति सामाजिक दृष्टिकोण बदल्नु र छोरीलाई पढ्ने स्वतन्त्रता दिनु हो । बालविवाहलाई निरुत्साहित गर्दै सफलताको उडान भर्न छोरीलाई आफ्नै घर र गाउँ समाजबाट प्रेरणा मिल्नुपर्छ, यसका लागि मैले मात्र नभई बुवा (डा.भोला रिजाल) ले ‘छोरी बुहारी’ जस्तो फिल्म बनाउनु भएको थियो । हाम्रो फिल्मले दिएको संदेश विशेषत ग्रामिण भेगमा पुग्नु र बुझ्नु जरुरी थियो, गाउँपालिका राष्ट्रिय महासंघले त्यसमा सहयोग गर्नेमा विश्वस्त छु’, निर्देशक डा रिजालले भने ।
अभिनेता अरुण क्षेत्रीले फिल्ममा आफूले निर्वाह गरेको ‘ठूले’ को पात्रले फरक क्षमता भएकालाई प्रेरणा मिलिरहेको खबर आफूले पाएको बताए ।
‘ठूलेले धेरैलाई प्रेरणा दिएको छ, त्यो पात्रले फिल्ममा निस्वार्थ रुपमा गरेका कार्यले सामान्य मान्छेलाई पनि एक पटक समीक्षा गर्न बाध्य बनाउँछ । मैले कलाकारितामा निकै मेहनत र इन्जोय गरेको पात्र हो, ठूले ।’
अभिनेत्री सिम्रन खड्काले ‘गौँथली’ मार्फत आफूले शिर्ष भूमिका निर्वाह गर्दा अवसरसँगै चुनौती पाएको बताइन । ‘गौँथलीले छोरी मान्छेले आफ्नो इच्छालाई मार्न नभई सङ्घर्ष गरेर त्यसमा सफलता प्राप्त गर्नुपर्छ भन्ने प्रेरणादायी संदेश दिएको छ । नेपालभरका दर्शक भेट्दा हामीले फिल्ममार्फत भन्न खोजेको भावनालाई बुझ्नु भएको पाएका छौँ’, अभिनेत्री खड्काले भनिन् ।
उल्लेख्य शोसहित घरेलुबजारमा चौथो सातामा प्रवेश गरेको नेपाली फिल्म ‘गौँथली’ ले देशभरबाट १९ करोड बढी ग्रस कलेक्सन गर्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा चौथो स्थानमा पर्न सफल भएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार फिल्मले १९ करोड ४५ लाख रुपैयाँ कमाइ गरेको छ । तीन सातासम्म फिल्मका ७ लाख ७ हजार ५ सय टिकट बिक्री भएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्