सिराहा । सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमबार दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।
स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा श्रद्धालुहरू घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गंगिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव, ३३ वर्षीया मोना कुमारी मण्डल, ५० वर्षीया चन्द्र कुमारी दास, ६० वर्षीया रामदुलारी दास, ४४ वर्षीया राम कुमारी दास, १७ वर्षीय पंचा मण्डल, १७ वर्षीय आसिस कुमार यादव, १२ वर्षीय बिकी मण्डल, १३ वर्षीय कृष्णा कुमार यादव र बिना कुमारी मण्डल रहेका छन्।
दुर्घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ। ट्याक्टर चालक धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका करिब ३५ वर्षीय रामबिहारी मण्डल भने फरार रहेको प्रहरीले जनाएको छ।
फरार चालकको खोजी भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्