काठमाडौं । लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालनमा आउने भएको छ। हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको पहलपछि सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने तयारि गरेको हो।
विराटनगर जुट मिल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले आर्थिक, प्राविधिक तथा कानुनी पक्षको मूल्याङ्कन गर्ने जिम्मेवारीसहित विज्ञसहितको कार्यदल गठन गरेको छ। सोमबार बसेको सचिवस्तरीय बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत संस्थान हेर्ने सचिवको संयोजकत्वमा गठित कार्यदलले जुट मिलको भौतिक संरचना, मेसिन तथा उपकरणको अवस्था, सम्पत्ति तथा दायित्व लगायत समग्र अवस्थाको विस्तृत अध्ययन गर्नेछ।
कार्यदललाई अध्ययनपछि जुट मिल पुनः सञ्चालनका सम्भावित विकल्पहरू र आवश्यक रणनीतिसहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्न निर्देशन दिइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्