काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको सुरक्षासमेत जोडिएको बताए ।
उनले भने, ‘सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ र प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्छ । यसरी सवारी साधन आयात गर्दा यात्रु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई ध्यानमा राखेर मैले यो कुरा राखेको हुँ।’
सडकमा गुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित हुन्छन्, त्यसमा सवार नागरिक पनि त्यति नै आश्वस्त हुन सक्ने उनको भनाइ थियो ।
आईजीपी कार्कीले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । उनले सडक दुर्घटनाको कारण चालकको लापरवाही मात्र नभई नेपालको भूगोल, सवारी साधन र सडकको इन्जिनियरिङ पनि उत्तिकै जिम्मेवार हुने उल्लेख गरे ।
उनले सडक सुरक्षा सुधारका लागि यी सबै पक्षमा समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्