काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली र पहाडी साथै पश्चिम तराई भूभागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्