काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो। उनलाई हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर स्वास्थ्य अवस्था उत्पन्न भई सल्ले अस्पतालमा उपचाररत एक युवालाई थप उपचार तथा आवश्यक सघन उपचार सेवा उपलब्ध गराउन चिकित्सकीय सिफारिसबमोजिम हवाई उद्धार गरिएको छ। उहाँलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।
आकस्मिक स्वास्थ्य अवस्थाका कारण तत्काल उपचार आवश्यक पर्ने नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार सेवालाई प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ। दुर्गम भूगोलका नागरिकलाई संकटका बेला राज्यको संरक्षण र स्वास्थ्य सेवासँग तत्काल जोड्ने उद्देश्यले सञ्चालन भइरहेको यो कार्यक्रमले आपत्कालीन अवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्