भैरहवा । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरुप मंगलबार देखि उडान प्रशिक्षण सुरु गरेको हो ।
निगमका अनुसार आफ्ना फस्र्ट अफिसर (पाइलट) हरुलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन लागिएको हो । यो प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थलमा सञ्चालन भइरहेको प्रशिक्षण उडानबारे सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यस अघि नै वैकल्पिक विमानस्थलको रुपमा राखेको छ । २०८२ मंसिर ३ गते देखि लागु हुने गरी निगमका जहाजहरु कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गरिने निर्णय भएको विमानस्थलका निमित्त महाप्रवन्धक श्याम किशोर साहले बताए ।
२०२१ सालमा घासे हवाई मैदानबाट सुरु भएको भैरहवाको बिमानस्थल २०२३ सालमा आन्तरिक बिमानस्थलको रुपमा हालको स्थानबाट सुचारु रहेको छ । २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले अन्र्तराष्ट्रिय विमानस्थलको शिलान्यास गरेको भई करिब ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
करिब ८ सय बिघामा फैलिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा ३ किलोमिटरको रनवे रहेको छ । फोर ई क्याटेगरीको बिमानस्थलमा नवौं क्याटेगरीको दमकलहरु रहेका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहा ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरि ५ वटा सम्म अन्र्तराष्ट्रिय जहाज पार्किङ्ग गर्न सकिन्छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्