काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाइकलहरु ८२ थान प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ।
विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरुको धनीहरु पहिचान गरी बिहीबार प्रहरीले सम्बन्धित मोटरसाइकल धनीहरुलाई हस्तान्तरण गरेका हुन्।
पीडित सहायता ईकाईमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा साउन महिनामा मात्रै ८९ वटा सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो। साउन महिनाभर सवारी हराएको भन्दै १५६ वटा निवेदन दर्ता भएका थिए।
अनुसन्धानका क्रममा चोरीमा संलग्न देखिएका १४ जना व्यक्तिहरू र ७ वटा दुई पाङ्ग्रे सवारीसाधनलाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।









Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्