काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गर्ने घ्यू दुबई निर्यात सुरू भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै शुक्रबारदेखि घ्यू निर्यात थालिएको हो।
पहिलो चरणमा ६ सय किलो घ्यू हवाईमार्गबाट दुबई पठाइएको छ। दुबईमा निर्यात व्यवस्थापनका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको जनाएको छ।
डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार प्रारम्भमा परीक्षणका रूपमा घ्यू बिक्री गरिनेछ। ‘सुरूमा सीमित परिमाणमा बिक्रेताहरूलाई वितरण गर्छौं, त्यसपछि मागको अवस्था हेरेर निर्यात विस्तार गर्ने योजना छ,’ उनले भने।
नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक हवाईमार्ग प्रयोग गरिएको भए पनि आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत निर्यात गर्ने तयारी रहेको डीडीसीले जनाएको छ।
दुबईसँगै मध्यपूर्वका अन्य देशहरूमा पनि डीडीसीका घ्यूसहित अन्य दुग्धजन्य उत्पादन निर्यात विस्तार गर्ने योजना रहेको संस्थानले उल्लेख गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्