Skip to content

‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’, कुन्तिले सुनाइन गोपाल योन्जनका गीत

nmb bank inside

‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’, कुन्तिले सुनाइन गोपाल योन्जनका गीत

काठमाडौं । ‘तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान’ भन्ने मूल नाराका साथ तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ आयोजना गरिएको छ ।

तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा सहआयोजक नेपाल तामाङ संस्कृति घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामाले स्वागत मन्तव्य व्यक्त गर्दै झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा पु¥याउनुभएको योगदानको चर्चा गरे ।

लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक तामाङले झ्याम्याङ लामा तामाङ समुदायका संस्कार संस्कृति लगायतका विषयमा पु¥याउनु भएको योगदानको चर्चा गर्नु हुँदै उनको व्यक्तित्व बारे विशेष चर्चा र सम्मान व्यक्त गरेका थिए । 

झ्याम्याङ लामाकै शब्द रचना ‘सा छ्या, नम छ्या, (सृष्टिको) गीत तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तान गाएका थिए । 

यसैगरी बरिस्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ति मोक्तान, बरिस्ठ गायक तथा संगीतकार चन्द्रबहादुर दोङको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रममा बरिस्ठ संगीतकार एवं सेलोगायक चन्द्रकुमार दोङलाई विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बरिस्ठ गायिका कुन्ति मोक्तानले संगीत सम्राट गोपाल योञ्जनको गीत प्रस्तुत गरेकी थिइन् । साथै छेवाङ तेन्जिङ लामाले गोपाल योञ्जनले गायन शब्द संगीत रहेको ‘ङाला डम्फु’ प्रस्तुत गरेका थिए । 

कार्यक्रममा तामाङ भाषा, संस्कार, संस्कृति, संगीत र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा जोड दिइएको उल्लेख गर्नु हुँदै प्रमुख अतिथि एवं संघीय अध्यक्ष रामकृष्ण ब्लोनले घेदुङ अब नयाँ ढंगले सहकार्य गर्दै सबैको आशा र गर्वको संस्था बनाउन लागि परेको बताए । 

आयोजकका अनुसार तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम बरिस्ठ उपाध्यक्ष सञ्चु ब्लोनको संयोजकत्वमा भएको कार्यक्रम महासचिव लिलाकुमार ग्लानले गरेका थिए । 

सोमबार विहान १० बजे घेदुङ सभाहलमा ‘तामाङ ज्ञान(संस्कृति विमर्श कार्यक्रम’ तामाङ समुदायको अग्रज एवं विशिष्ट व्यक्तित्व मानवशास्त्री डा.मुक्तसिं थोकर, संस्कृतिविद् बुद्धि तामाङ, भाषा तथा लिपिबिज्ञ अजितमान तामाङ, र राजेन्द्र थोकर तामाङ, बरिस्ठ पत्रकार कुमार यात्रु तामाङले कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ भने सिक्किम भारतका डा.चन्द्रा योञ्जन तामाङको अनुभव आदानप्रदान कार्यक्रम हुने भएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्