लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
अध्यक्ष पुडासैनीले विपद्को यस कठिन घडीमा राहत तथा उद्धारका लागि सबै पक्ष तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएका छन्। उनले बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले बाढी तथा पहिरोबाट विस्थापित र प्रभावित नागरिकप्रति हार्दिक समानुभूति व्यक्त गर्दै आवश्यक राहत तथा सहयोगका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।
अध्यक्ष पुडासैनीले विपद्को यस अवस्थामा गैरआवासीय नेपाली समुदायले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूले अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले विश्वभर रहेका नेपालीहरूलाई त्यसका लागि तयार रहन हार्दिक अपिल गरेका छन्।
उनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि सरकार, गैरसरकारी संस्था, प्रवासी नेपाली समुदाय तथा सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको समेत बताएका छन्।
रसुवामा बिहान स्थानीय भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि धनजनको ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ।
नेपाल सरकारले उद्धार र राहत कार्य संचालन गर्न सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्