काठमाडौँ । रसुवा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत प्रवाह अवरुद्ध बनेको हो ।
प्राधिकरणकाअनुसार त्रिशुली स्थित २२० के।भी। ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ ।चिलिमे २२० के।भी हव टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार ( त्रिशुली १३२ के।भी। प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे ( त्रिशुली ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ ।
चिलिमे हव ( त्रिशुली ३ बि हब ( मातातिर्थ २२० के।भी। प्रसारण लाइन अवरुद्ध छ । त्रिशुली(बालाजु ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास भैरहेको जनाएको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ ।गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्