काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्।
थपलिया विगत डेढ वर्षदेखि कोरियन डोसन कम्पनीअन्तर्गत त्रिशूली हाइड्रोपावरमा हाइलक्स चालकका रूपमा कार्यरत थिए। उनी बुधबार बिहान ८ः३० बजेसम्म परिवार तथा आफन्तको सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ।
हाल उनको अवस्था अज्ञात रहेको भन्दै परिवारले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्