Skip to content

त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

nmb bank inside

काठमाडौं । भोटेकोशी नदीमा बाढीको सतह निरन्तर बढ्दै गएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे रसुवास्थित भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढीको पानी स्याप्रुबेसीसम्म आइपुगेको छ । बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्