एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ ।
शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्।
सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो।
टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री बोकेका छन् । उनीहरूले जङ्गली तथा दुर्गम बाटो हुँदै पाँच घण्टाभन्दा बढी पैदल यात्रा गर्दैछन् ।
नेपालतर्फबाट सुरु भएको पहिरो बुधबार बिहान सिजाङको केरुङ काउन्टीस्थित केरुङ नाकामा आइपुगेको थियो। बिहीबार बिहान ८ बजेसम्म तीन जनाको मृत्यु भएको, ५५८ जना अझै बेपत्ता रहेको र स्थानीय दुई जना गाउँलेको उद्धार गरिएको जनाइएको छ।
आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार पहिलो चरणमा १४१ जना उद्धारकर्मीको टोली बिहीबार बिहानै केरुङ नाकामा पुगेको थियो। खोज तथा उद्धार कार्यमा हेलिकप्टर, ड्रोन र भू–उपग्रहसमेत परिचालन गरिएको छ।
यसैबीच, प्रभावित क्षेत्रमा सकेसम्म छिटो ठूला मेसिन तथा उपकरण प्रवेश गराउन सडक मर्मतको काम भइरहेको छ । सञ्चार तथा विद्युत् आपूर्ति संरचनाको पुनःस्थापना पनि चरणबद्ध रूपमा अघि बढिरहेको छ।
विपद् प्रभावित क्षेत्रबाट उद्धार गरिएका कुल ४९९ जना गाउँले तथा निर्माण मजदुरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
यसैगरी, संस्कृति तथा पर्यटन निकायको समन्वयमा प्रभावित ५५५ जना पर्यटकलाई उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ। हाल कुनै पनि पर्यटक अलपत्र अवस्थामा नरहेको जनाइएको छ।
नागरिक उड्डयन निकायहरू पनि उद्धार कार्यमा सहभागी भएका छन्। बिहीबार दिउँसो ३ बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्याइएको र २४ टन उद्धार सामग्री, दैनिक उपभोग्य वस्तु तथा चिकित्सा सामग्री ढुवानी गरिएको थियो। यसबाट आपत्कालीन प्रतिकार्य तथा प्रभावित बासिन्दाको उद्धार र स्थानान्तरणमा सहयोग पुगेको छ।(सीसीटीभीप्लस)



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्