काठमाडौँ।चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किँदा विपत्ति आएको बताएका छन्। उनले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनले चीन र नेपालका विज्ञ तथा सम्बन्धित निकायहरूले गरेको प्रारम्भिक मूल्याङ्कन अनुसार नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किँदा विपत्ति उत्पन्न भएको जानकारी दिएका हुन् ।
प्रवक्ता जियानका अनुसार उक्त घटनापछि आएको आकस्मिक जलप्रवाहले तलतिरका क्षेत्रमा बाढीको रूप लिएको हो। साथै, उनले बाढी व्यवस्थापन र राहतका विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गरे।
यसैबीच, चिनियाँ सञ्चार माध्यम CGTN ले उच्च हिमाली क्षेत्रमा ग्लेसियर पग्लिएर ताल बन्ने क्रम रहेको देखिने ड्रोन तस्बिर सार्वजनिक गरेको जनाएको छ। यस घटनाले हिमाली क्षेत्रका हिमनदी र ग्लेसियरसँग सम्बन्धित जोखिमप्रति पुनः ध्यानाकर्षण गराएको छ भने नेपालका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने आवश्यकता अझ बढेको विज्ञहरू बताउँछन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्