‘देहपर कोठी खसा दिय’ अर्थात् ‘नीलो सिन्दुर’ मण्डला थिएटरमा
काठमाडौ । मैथिली नाटकका अग्रज लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक परिया विषयमा आधारित तथा ३३ वर्षअघि धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुवाद गरिएको नाटकलाई पुनः संरचना गर्दै ‘नीलो सिन्दुर’ नाममा मञ्चन गरिने भएको छ।
रङ्ग सूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षण मञ्चको संयुक्त पहलमा तयार गरिएको उक्त नाटक यही २०८३ भदौ १९ गते शुक्रबारदेखि असोज ४ गतेसम्म काठमाडौंस्थित मण्डला थिएटरमा दैनिक साँझ ५ः३० बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १:३० बजे अतिरिक्त प्रदर्शनसमेत गरिनेछ।
रामभजन कामत र पुष्पराज अवस्थीको संयुक्त निर्देशन रहेको नाटक यसअघि दिल्लीमा आयोजित मलंगिया महोत्सवमा समेत प्रदर्शन भइसकेको छ। नाटकमा गरिबी, बेरोजगारी, असहायता तथा स्वास्थ्य सेवाको अभावले सिर्जना गर्ने मानवीय संकटलाई कथाको केन्द्रमा राखिएको छ।
न्याय, मानव गरिमा, राज्यको दायित्वको नैतिक द्वन्द्वलाई प्रस्तुत गर्ने ‘नीलो सिन्दुर’ एउटा परिवारको दु:खान्त मात्र नभई सम्मानपूर्वक बाँच्न पाउने नागरिक अधिकार र सामाजिक उत्तरदायित्वमाथि विमर्श गर्ने समकालीन सामाजिक नाटकका रूपमा प्रस्तुत गरिएको छ।
नाटकमा प्रभाकर शर्मा, दीपक प्रसाद, आचार्य पुष्पराज अवस्थी, रुपेश मण्डल, रिना रिमाल, वीरेन्द्रसिंह कुशवाहा, तृप्ति श्रेष्ठ, चन्द्रशेखर राय, उत्सव कार्की र राजीव यादव लगायतका कलाकारको अभिनय रहेको छ।
मञ्च तथा प्रकाश परिकल्पना झकेन्द्र बी।सी।, मञ्च निर्माण होम बीसी, प्रकाश परिचालन प्रेमजङ्ग पाण्डे, ध्वनि परिचालन श्रीकृष्ण शाही, संगित सुनिल मल्लिक, मञ्च व्यवस्थापन सुरज घर्ती मगर तथा बजार व्यवस्थापन सबिन न्यौपानेले सम्हालेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्