Skip to content

नेपाल-चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गर्ने काम सुरु

nmb bank inside

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गर्ने काम आजबाट सुरु गरिएको छ। भोटेकोशी नदीमा आएको बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएकाले त्यसबाट हुनसक्ने सम्भावित खतरा निगरानी गर्न क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।

बाढीविद् सौहार्द जोशीका अनुसार क्यामेरा जडान भएपछि नदीको बहाव, पानीको स्तर तथा सम्भावित जोखिमबारे प्रत्यक्ष दृश्यमार्फत निगरानी गर्न सहज हुनेछ।

भदौ १० गते आएको भोटेकोशी बाढीपछिको अवस्थालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई समयमै पूर्वसूचना प्रदान गर्ने उद्देश्यले उक्त क्यामेरा जडान प्रक्रिया सुरु गरिएको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्