Skip to content

नेपालको छोचेन खोला नदीआसपासको क्षेत्रमा हिमचट्टान भत्किने जोखिम कायमै

nmb bank inside

काठमाडौं ।चीनले नेपालको छोचेन खोला नदीआसपासको क्षेत्रमा रहेका हिमनदी अझै पनि खस्न सक्ने चेतावनी दिएको छ।नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर वरपर रहेका हिमचट्टानहरू अझै पनि अस्थिर अवस्थामा रहेकाले ठूलो जोखिम निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको हो।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार, दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्‌सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ।

हालै गरिएको रिमोट सेन्सिङ विश्लेषणले ग्यिरोङ साङ्पो नदी बेसिनका १४ हिमतालहरू स्थिर अवस्थामा रहेको देखाए पनि छोचेन क्षेत्रमा बनेको क्रेटर आसपास हिमखण्ड भत्किने जोखिम भने अझै कायम रहेको उल्लेख गरिएको छ।

ड्रोनबाट मंगलबार बिहान खिचिएको तस्वीरअनुसार क्रेटरमा जम्मा भएको अधिकांश पानी बगेर निकास भइसकेको छ र तल्लो क्षेत्रमा नदीको बहाव सामान्य देखिएको छ। यद्यपि, सम्भावित हिमपहिरो वा हिमखण्ड भत्किने जोखिमका कारण उक्त क्षेत्र अझै उच्च सतर्कतामा राख्नुपर्ने रिपोर्टमा उल्लेख छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्