Skip to content

ऋण असुलीको नाममा ऋणीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

nmb bank inside

काठमाडौँ। ऋण असुलीको नाममा ऋणीमाथि दुर्व्यवहार वा यातना दिने गतिविधि रोक्न कडा गृह मन्त्रालयले निर्देशन दिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नं. ८ कार्यान्वयन गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सचिवस्तरीय निर्णयमार्फत जारी उक्त परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरूले ऋण असुलीका क्रममा ऋणीलाई दुःख दिने, दबाब दिने वा यातना दिने जस्ता कार्य गरे कानुनी कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।

अब ऋण असुलीका नाममा घरबाट जिन्सी सामान उठाउने, किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने, गाली–गलौज, बेइज्जती वा दुर्व्यवहार गर्ने जस्ता गैरकानुनी गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि उजुरीका आधारमा कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्, र सोही उजुरीका आधारमा प्रशासनले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ।

यता, मन्त्रालयको यस निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले भने ऋण असुली प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। हालैका दिनमा खराब कर्जा बढिरहेको अवस्थामा यस्तो निर्देशनले ऋण उठाउने प्रक्रिया अझ जटिल बन्न सक्ने भन्दै बैंकरहरूले चिन्ता व्यक्त गरेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्