काठमाडौं । क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गरेका छन् । फिफा विश्वकपपछि उमेरका कारण राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने आंकलन गरिएका बेला उनले यस्तो निर्णय गरेका हुन् ।
क्रोएसियाली फुटबल महासंघका अनुसार ४० वर्षीय मोड्रिचले यूईएफए नेसन्स लिगका आगामी खेलका लागि राष्ट्रिय टोलीमा उपलब्ध हुने जानकारी दिएका छन् । उनले प्रशिक्षक स्लाभेन बिलिच र महासंघका अध्यक्ष मारिजान कुस्टिचलाई आफू राष्ट्रिय टोलीका लागि उपलब्ध रहने बताएका हुन् ।
मोड्रिचले चेकिया, स्पेन र इंग्ल्यान्डविरुद्ध हुने नेसन्स लिगका खेल खेल्नेछन् । उनले हालसम्म क्रोएसियाका लागि २०२ खेल खेलिसकेका छन् । मोड्रिच हाल इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । जारी सिजनमा उनले दुई खेल खेलेका छन् ।
यस वर्षको फिफा विश्वकपमा मोड्रिचले क्रोएसियाको कप्तानी गरेका थिए । क्रोएसिया अन्तिम ३२ को चरणबाट पोर्चुगलसँग पराजित हुँदै बाहिरिएको थियो । प्रतियोगिताका चार खेलमा मोड्रिचले पाँच गोल अवसर सिर्जना गर्दै एक असिस्ट गरेका थिए ।
२०२६÷२७ को यूईएफए नेसन्स लिग सेप्टेम्बर २४ देखि सुरु हुँदैछ । क्रोएसिया सन् २०१८ को विश्वकप उपविजेता हो भने सन् २०२२÷२३ को नेसन्स लिगमा पनि स्पेनसँग पराजित हुँदै उपविजेता बनेको थियो । एएनआई
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्