काठमाडौं । विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनःस्थापित गर्न र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन् ।
चीनसँगको सीमाक्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा क्षेत्रमा रहेका बस्तीहरू नै बगाएको थियो।
त्रिशूली क्षेत्रमा मात्रै बाढीले पानी, ढुंगा र गेग्रानसहितको भीषण भेल ल्याउँदा करिब तीनसय घर क्षतिग्रस्त भएका छन् । आफ्ना आफन्त गुमाएका परिवार शोकमा छन् भने धेरै स्थानीय अझै बेपत्ता छन् ।
बाँचेकाहरूले घरका सामान, पैसा र लत्ताकपडासमेत गुमाएका छन् । पसल सञ्चालकहरूले केही मिनेटमै आफ्नो सम्पूर्ण सामान बाढीले बगाएको देख्नुपरेको छ ।
विपद्का कारण विद्यालय गएका बालबालिका घर फर्कन सकेका छैनन् । धेरै परिवार औषधि र खाद्यान्नको पहुँचबाट समेत वञ्चित भएका छन् भने इन्धन आपूर्तिसमेत अवरुद्ध भएको छ ।
त्रिशूली नदीमाथिका पुलहरू बाढीले बगाएपछि पूरै समुदाय दुईतर्फ विभाजित भएका भएका छन् । बाढीका कारण छुट्टिएका गाउँहरूलाई पुनः जोड्न अहिले जिपलाइन निर्माण गर्ने काम भइरहेको छ । यसबाट बिस्तारै आवतजावत सहज बन्दै गएको छ ।
स्थानीय बासिन्दा मैसिङ तामाङले भने, ‘यसले अवस्था केही राम्रो बनाउनेछ भन्ने हामी सबैको आशा छ ।’
अर्की स्थानीयवासी सूर्यकुमारी तामाङले भनिन्,‘हामीले लामो समय पर्खनुपर्छ, तर यसले धेरै सहयोग पुगेको छ ।’
अर्का स्थानीयवासी सुमन सिंहले भने गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरेका छन् ।
उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेना अस्थायी पुल निर्माण गरी आवतजावत पुनः सञ्चालन गराउने काममा तीव्रताका साथ जुटेको छ । यता, प्राविधिक टोलीले लामो समयदेखि अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न र टेलिफोन सम्पर्क पुनःस्थापित गर्न काम गरिरहेको छ ।
तर ठूलो मात्रामा भौतिक संरचना र सम्पत्ती नष्ट भएकाले पूर्ण पुनर्निर्माण तत्कालै सम्भव देखिँदैन । अहिलेका लागि बाढीपीडित स्थानीयका लागि जीवनलाई सामान्य अवस्थामा फर्काउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।(सीसीटीभीप्लस)













Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्