Skip to content

स्याहार केन्द्रका लागि इजरायलले माग्यो ठुलो संख्यामा कामदार

nmb bank inside

काठमाडौँ। इजरायलले ठुलो संख्यामा कामदार माग गरेको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रहरूमा गम्भीर अपांगता भएका व्यक्तिको हेरचाहका लागि १ हजार ४ सय ६४ जना कामदार माग गरेको हो।

वैदेशिक रोजगार विभागका अनुसार माग गरिएका मध्य १,१३२ महिला र ३३२ पुरुष गरी कुल १,४६४ जना कामदार आवश्यक रहेको जनाएको छ।

आवेदन दिन चाहने उम्मेदवारको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन विभागको आधिकारिक वेबसाइट ferms.dofe.go.np मार्फत पेश गर्नुपर्नेछ।

छनोट भएका कामदारले मासिक ६,४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् भने इजरायली कानुनअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुनेछ। कामदारले हप्तामा ४२ घण्टा काम गर्नुपर्नेछ र सातामा एक दिन मात्र बिदा पाउने व्यवस्था गरिएको छ। वार्षिक बिदा भने सम्बन्धित देशको कानुनअनुसार हुनेछ।

कामदारका लागि बसोबासको व्यवस्था कम्पनीले गर्ने भए पनि त्यसको खर्च भने स्वयं कामदारले व्यहोर्नुपर्नेछ। साथै, खानाको व्यवस्था भने समावेश गरिएको छैन।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्