नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अर्थ खबरमा प्रकाशित समाचारहरु प्रति ध्यानाकर्षण भएको बताएको छ । कम्पनीका सीइओ प्रवीण रमण पराजुलीले अर्थ खबरडटकमकानाममा एक नाममा एक पत्र पठाउन अर्थ खबरमा प्रकाशित समाचारहरुउपर आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
हेर्नुहोस् कम्पनीका सीइओ प्रवीण रमण पराजुलीले पठाएको खण्डनपत्र जस्ताको त्यस्तै ।
कम्पनीले अर्थ खबरले समाचार लेख्नुलेख्नुपूर्व कम्पनीसंग कुनै पनि प्रतिक्रिया वा सत्यतथ्य बुझ्ने प्रयास नगरेको, एकतर्फी समाचार लेखेको आरोप लगाएको छ । जवकी अर्थ खबरले समाचार प्रकाशन गर्नु अगाडी कम्पनीका सूचना अधिकारी बिनोद कुमार बुझेललाई पटक पटक फोन गरेको थियो । सम्पर्कमा नआउने, अनि एकतर्फी समाचार आयो भनेर गरिएको दाबी नै अचम्मखालको देखिन्छ ।
अव हाम्रो भन्नु,
कम्पनीले शिर्षक नै राखेर नेपाल लाइफमा हङ्गामा, प्रहरी बोलाएर आन्दोलन दबाउने प्रयास भएको खबर भ्रामक भनेको छ । जवकि, नेपाल लाइफको कार्यक्रममा आन्दोलन गरेको भिडियो नै सार्वजनिक भएको छ । र स्वयम् अभिकर्ताहरुले नेपाल लाइफले बाउन्सरहरु प्रयोग गरेर, प्रहरी बोलाएर आफ्ना अध्यक्षलाई पक्राउ गरी आफ्नो आन्दोलन दबाउने प्रयास गरेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । अव भिडियो प्रमाण नै बोलिरहेका बेला, सो समाचार कसरी भ्रामक भयो सीइओ साप ?
अवार्ड अभिकर्ता लात्ती खाएर फर्किए भन्ने समाचारलाई पनि नेपाल लाइफले भ्रामक भनेको छ । जवकि अवार्ड कार्यारममा हो हल्ला र हानाहान भएको भिडियो सार्वजनिक रुपमा नै आईसकेको छ । आफूहरुमाथि हातपातको प्रयास भएको तथ्य स्वयम् अभिकर्ताहरुले नै सार्वजनिक गरेका छन् । नेपाल लाइफले आफ्नो कार्यक्रममा बाउन्सरहरु राखेको तथ्य स्वयम् कम्पनीले सार्वजनिक गरेको तस्विरमा देख्न । अनि, सबै कुरा छताछुल्ल भईसकेको अवस्थामा सोहि घटनाक्रमलाई देखाइएको समाचार कसरी भ्रामक भयो सीइओ साप ?
७ बर्षदेखि रोकियो नेपाल लाइफको भुक्तानी शीर्षकको समाचारलाई पनि नेपाल लाइफले भ्रामक भनेको छ । जवकी कम्पनीमा सन्तोष प्रसाईं कामु सीइओ हुँदा सम्झौता गरी गरिएको कामको भुक्तानी अझैसम्म नभएको सत्य हो । कम्पनीलेआफैं ले गरेको सम्झौता नहेरी समाचारलाई कसरी भ्रामक भयो सीइओ साप ?
नेपाल लाइफमा बीमा प्राधिकरणका उच्च अधिकारीका परिवारका सदस्य जागिरे भनी प्रकाशित समाचारलाई कम्पनीले भ्रामक भनेको छ । तर सो समाचारलाई भ्रामक भन्ने कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणका हाकिमको एकासगोलको परिवारका सदस्य आफ्नै कम्पनीमा काम गरिरहेको तथ्य नदेखेको कि, देखेर पनि बुझ ?
पचाएको हो सीइओ साप ?
नेपाल लाइफका अभिकर्ताको सामान्य पढाईमै प्रश्न भन्ने समाचारमा हामीले नेपाललाइफका अभिकर्ताले अर्थ खबरको समाचार सेयर गर्दै अर्थ सरोकारलाई गाली गरेको तथ्य राखेका थियौँ । खबर र सरोकार पढ्न नजान्ने अभिकर्ता, अनि जानेनन् भनेर समाचार लख्ने हामी गलत ? यो त मिलेन नि, सीइओ साप !
नेपाल लाइफमा लफडै लफडा शीर्षकको समाचारलाई कम्पनीले भ्रामक भनेको छ । जवकि कम्पनीभित्र भएको लफडाका अनेक तथ्य बाहिरिएकै छन् । कम्पनीले गरेको बदमासीलाई प्रमाणित गर्दै नियामक बीमा प्राधिकरणले कम्पनीलाई कारवाही गरेकै छ । अभिकर्ताहरु आन्दोलनमा छन्, नेपाल लाइफको कार्यक्रममा धक्कामुक्कीसमेत भएको छ । सीइओले ती अभिकर्तालाई कारवाहीको चेतावनी दिएका छन् । अनि नेपाल लाइफभित्र लफडै लफडा शीर्षकको समाचार कसरी भ्रामक भयो सीइओ साप ?
नेपाल लाइफका बीमितमा बढ्यो छटपटी भन्ने समाचारलाई पनि नेपाल लाइफले भ्रामक भनेको छ । जवकि नेपाललाइफकै अभिकर्ताहरुले सार्वजनिक रुपमा फेसबुक मार्फतनै आफ्ना बिमितहरु आत्तिएको र आफुलाई फोन गरिरहेको बताएका छन् । स्वयम् हामीलाई पनि सम्पर्क गरी नेपाल लाइफका बिमितले आफुहरु आत्तिएको, र आफ्नो पैसा डुब्ने हो कि भन्ने छटपटी बढेको बताएका छन् । अनि तथ्यमा आधारित यस्तो समाचार कसरी भ्रामक भयो सीइओ साप ?
झनै अचम्मको कुरा त के छ भने नेपाल लाइफका सीइओको कडा चेतावनी भन्ने समाचारलाईसमेत कम्पनीले भ्रामक भनेको छ । जवकी कम्पनीका सीइओ प्रवीण रमण पराजुलीले आन्दोलनरत कर्मचारीलाई चेतावनी दिएको भिडियो सामाजिक संजालमा छरपष्ट भईसकेको छ । चेतावनी दिने सीइओ सहि, अनि उनले चेतावनी दिए भनेर लेखेको समाचार भ्रामक हुन्छ र ? कुरा त मिलेन नि सीइओ साप !
झुटो बीमा गराइयो भन्ने आरोपले नेपाल लाइफमा हङ्गामा भन्ने समाचारलाई पनि नेपाल लाइफले भ्रामक भनेको छ । जवकि यो विषयमा सामाजिक संजालमा नेपाल लाइफका दुई पक्षका अभिकर्ताहरु बहस गरिरहेका छन् । एकाथरीले बोनस भ्रामक भएको बताईरहेका छन् भने अर्को पक्षले तिनको आलोचना गरेका छन् । अब बोनसको कुरा झुटो भन्ने दाबी गर्ने पनि नेपाल लाइफकै अभिकर्ता, होइन साँचो हो भन्ने पनि नेपाल लाइफकै अभिकर्ता । अनि यस्तो बहसले हङ्गामा भयो भन्ने समाचार कसरी गलत ? कुरो मिल्यो र सीइओ साप ?
नेपाल लाइफको विवाद अव व्यक्तिगत भण्डाफोरसम्म भन्ने समाचारलाई पनि कम्पनीले भ्रामक भनेको छ ।जवकि कम्पनीका आन्तरिक विवादलाई लिएर कम्पनीका डेपुटी सीइओ अमित कयालले गरेको कम्पनीको रकम दुरुपयोगको भण्डाफोर भएको सत्य होइन र ? छरपष्ट सत्यलाई नै अनदेखा गर्नु जायज भए नि सीइओ साप ।
नेपाल लाइफमा विवाद चर्किएपछि बिमितले माग्न थाले पैसा भन्ने समाचारलाई पनि कम्पनी भ्रामक भनेको छ, जवकि नेपाल लाइफका बिमितले स्वयम् हामीलाई नै फोन गरेर पैसा कसरी फिर्ता लिने भनेर सोधेका छन् । कम्पनीका अभिकर्ताले फोन न उठाएको गुनासो उनीहरुको छ ।
नेपाल लाइफमा आरोप प्रत्यारोप भन्ने समाचारसमेत कम्पनीले भ्रामक भनेको छ । जवकि सो आरोप प्रत्यारोपका विषयमा कम्पनीको कार्यक्रममा स्वयम् सीइओ बोलेका छन् । आरोप प्रत्यारोप त सामाजिक संजालमा छरपष्ट नै छन् । अनि सो समाचार कसरी भ्रामक भयो सीइओ साप ?
अन्त्यमा,
अर्थ खबर डटकम निष्पक्ष पत्रकारिताको पक्षमा छ । तर फोन नउठाउने, प्रतिक्रिया नदिने गर्दैमा र जनताको अरवौं पैसा रहेको कम्पनीमा बेथिति हुँदा त्यसका बारेमा हामी बोल्न छाड्दैनौं । आफु प्रतिक्रिया नदिने र समाचार एकतर्फी भयो भन्ने कुरामा कुनै तुक छैन ।
नेपाल लाइफ कसैको प्राइभेट कम्पनी होइन । यो जनताको विश्वाससँग जोडिएको संस्था हो । हाम्रो उद्देश्य नेपाल लाइफ राम्रो हुनुपर्छ भन्ने हो । हाम्रो पत्रकारिता पनि त्यसकै लागि हो । नेपाल लाइफसँग पूर्वाग्रह राख्ने कुरा हामी सोच्न पनि सक्दैनौँ । तर, जनताको पैसा सुरक्षाका मामलामा हामी प्रश्न गरिरहनेछौँ । सबै कुरा देखेर पनि नदेखेजस्तो गरेर पठाइएको खण्डनपत्रले हामी अचम्मित भएका छौँ । हाम्रो समाचार तथ्य देख्दा देख्दै हावा तालमा भ्रामक भने पनि सहि के हो भन्ने कुरा अझै कम्पनीबाट पाएका छैनौँ । हामी यस विषयमा एक पटक होइन, पटकौं पटक सीइओ सापसँग बहस गर्न तयार छौँ ।
खण्डन प्रकाशन लायक थिएन, तर पनि खण्डन प्रकाशनलाई नेपाल लाइफको अधिकार र हाम्रो आधारभूत कर्तव्य को त्यस्तै प्रकाशन / प्रशारण गरेका छौँ।
धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्