काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २४ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ३३ पैसा रहेको छ ।
