काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्केको भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री सँग स्पेन गएर नफर्केको भन्ने विषयमा चौतर्फी आलोचना भएपछि गृहमन्त्री लेखकले सो विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् ।
कहिदिन यता प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक अन्य व्यक्तिहरू पनि गएको र उनीहरू उतै बसेको भन्ने व्यापक चर्चा चलिरहेको छ।
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ ।“यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए ।