काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, आज सुनको मूल्य घट्दा चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेकाे हाे । बिहिबार २ हजार ३३५ रुपैयाँमा काराेबार भएकाे चाँदी आज २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।