काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवनको प्रोजेक्टलाई अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् ।शुक्रबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमा राष्ट्रिय स्तरबाट सबैको ध्यान गएपनि समयमा सम्पन्न नभएको भन्दै अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्ने बताए ।
उनले भने, ‘संसद भवन निर्माणको प्रोजेक्टको काम समयमा हुन सकेको छैन् भन्ने कुरा तथ्य हो । तर मंैले यो मन्त्रालयको जिम्मेवारी पाएपछि यो कामको लागि मन्त्रालयदेखि लिएर इन्जिनियर, डिजी, सचिव सबैलाई पटक पटक के गर्दा राम्रो हुन्छ भन्ने खालको छलफलहरु गरिरहेका छौं । समयमा सम्पन्न नभएकाले अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्छ ।’
यस्तै, शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पनि संसद भवनको काम तिव्र गर्नको लागि कन्ट्याक्टरहरुसँग नियमित अनुगमन गर्ने र दैनिक छलफल गर्ने काम गरिरहेको बताए ।बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्