Skip to content

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठसय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएकोे छ ।

arrow प्रतिक्रिया दिनुहोस्