काठमाडौँ । माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालाले आफुले तयार गरेको प्रमोसन लिष्टका बारेमा प्रश्न उठाउने संचालक र सीइओ फकाउन आफ्ना दाजु (मामाका छोरा) राजदुत भएको इजिप्ट घुमाउन लगेको विषय अर्थ खबर डटकमले उजागर गरिदिएको एक महिना नपुग्दै राष्ट्र बैंकले सीइओ र संचालकको विदेश भ्रमणसम्बन्धि कडा नियम ल्याएको छ । राष्ट्र बैंकले विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन भन्दै विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विदेश भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षहरूमा सम्बन्धित संस्थाको सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने भनेको छ । माछापुच्छ्रे बैंकका सीइओ र संचालकको इजिप्ट भ्रमणको उपयोगीतामाथि संचालक समितिमै प्रश्न उठेको थियो ।
माछापुच्छ्रे बैंकका हाकिमहरु पालैपालो बिदेश भ्रमणमा, तालिमका नाममा खर्च डलरमा !
राष्ट्र बैंकले सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानु पर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवम् सम्बन्धित इजाजत पत्रप्राप्त संस्थालाई हुने लाभ समेतको विश्लेषण गर्नुपर्ने उल्लेख गरेको छ । बैंकका डेपुटी जनरल मेनेजर सुबास जमकटेलको मेक्सिको भ्रमणका बारेमा चौतर्फी प्रश्न उठेपछि राष्ट्र बैंकले यस सम्बन्धि कडा नियम ल्याएको हो । राष्ट्र बैंकले विदेश भ्रमण कार्यक्रम मितव्ययी हुनेगरी सम्पन्न गर्नुपर्नेसमेत उल्लेख गरेको छ । यसअघि सुबास जमकटेलको भ्रमण बेकामे भएको र त्यसमा माछापुच्छ्रे बैंकको अनुचित खर्च भएको कुरा संचालकहरुले नै उठाएका थिए । यस विषयमा राष्ट्र बैंकमा मौखिक उजुरीसमेत परेको थियो । माछापुच्छ्रे बैंकका सीइओ, संचालक र सिनियर कर्मचारीहरु विभिन्न बहानामा बेतुके कार्यक्रमका नाममा बैंकको पैसा सिध्याउनेगरी विदेश घुमघाममा लागेको उजुरी पछि राष्ट्र बैंकले यस विषयमा कडा नियम ल्याएको हो ।
चौतर्फी प्रश्न उठेपछि बैंकका डेपुटी सीइओ प्रसिद्ध राज अर्यालले भने पूर्व निर्धारित विदेश भ्रमणको कार्यक्रम रद्ध गरेका छन् ।
माछापुच्छ्रे बैंकमा ‘प्रमोसन काण्ड’ !, सञ्चालक रिसाउनु र अध्यक्ष लिएर सीइओ इजिप्ट जानु संयोग वा चाकडी ?