काठमाडौँ । नेपालको बैंकिङ क्षेत्र यतिबेला असहज अवस्थामा छ । ऋण दिने अवस्थामा बैंक छैनन्, रिकभरीमा समस्या उस्तै छ । बैंकको नाफा निरन्तर घट्दो छ । यस्तो बेला जसरी पनि खर्च घटाउनुपर्नेमा माछापुच्छ्रे बैंकका हाकिमहरु भने महिनैपिच्छे विभिन्न खाले तालिमका नाममा विदेश भ्रमणमा हिड्न थालेका छन् ।
केहि समय अघि मात्र बैंकका सीइओ सन्तोष कोइरालाले आफ्ना अध्यक्ष र एक संचालकलाई इजिप्ट भ्रमण गराएका थिए । संचालक समितिमा एक संचालकले यस विषयमा प्रश्न पनि उठाएकी थिइन् । तर, त्यसको केहि समय पछाडी बैंकका डेपुटी जनरल मेनेजर सुबास जमकट्टेल पनि विदेश भ्रमणमा हानिएका छन् ।
उनी एक तालिमको मेसो मिलाएर मेक्सिको भ्रमणमा छन् । सानिमा बैंकमा काम गर्ने आफ्नी श्रेमतीले पनि सोहि बेला बिदा मिलाएर उनीहरु विदेश भ्रमणमा हानिएको देखिएको छ । तर जमकट्टेल मेक्सिको गएर बैंकले के पाउँछ ? उनी त्यहाँ पढेको चीज नेपालमा लागु हुन्छ ? वा सीइओको सबैभन्दा बढी नजिक भएकै कारण विदेश भ्रमणका नाममा उनले घुमघामको बक्सिस पाएका हुन् भन्ने विषय अहिले बैंकभर चर्चामा छ ।
बैंकका एक संचालकले दिएको जानकारी अनुसार जमकट्टेलको सम्पूर्ण आतेजाते, बस्ने खर्च बैंककै हुनेछ । श्रीमतीको जाने आउने टिकट आफैँले काटे पनि बाँकी बिल माछापुच्छ्रे बैंककै नाममा मिलान गर्ने मौखिक सहमति छ । यसले बैंकको खर्च भार त बढाएको छ नै, जनताको खर्चमा कतै हाकिमहरु मस्ती त गरिरहेका छैनन् ? भन्ने प्रश्नसमेत उठाएको छ ।
ती संचालकका अनुसार जमकट्टेलको विदेश भ्रमणमा बैंकले मोटो रकम खर्च गरेको छ । सो रकमलाई तालिम वा स्टाफ खर्चका नाममा देखाउने तयारी बैंकको यसअघिकै छ ।
यता, जमकट्टेलको विदेश भ्रमण काम नलाग्ने तालिमका नाममा जनताको पैसामाथि मनपरी भएको भन्दै बैंककै एक संचालकले आफ्ना सेयरधनी साथीका नाममा राष्ट्र बैंकमा उजुरी हाल्ने तयारीसमेत गरेका छन् ।
यस विषयमा हामीले बैंकका सूचना अधिकारी सुनिल खतिवडालाई सम्पर्क गर्ने प्रयास गरेका थियौँ । तर हामीले फोन गर्दा उनको फोन ३ पटकसम्म अफ छ । उनी सूचना अधिकारी भएपनि पछिल्लो समय उनले आफु निकटका पत्रकारलाई मात्र, त्यो पनि बैंकको भजन किर्तन गर्नेगरीका समाचारमा मात्र सूचना दिने गरेका छन् । उनीमाथि आफ्नी कर्मचारी सुनिता शर्माको हर्कत छोप्न बैंकको जिम्मेवारीको पनि बद गरेको आरोप छ ।
अर्को अंकमा
काँग्रेस नेताले झ्याप्प फोन घुमाएपछि नभएको नाम स्वाट्टै प्रमोसन लिष्टमा !
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्