Skip to content

बालेनलाई लक्षित गर्दै ओलीको टिप्पणी

nmb bank inside

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन्  । पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्  ।

जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको उनको भनाई छ ।उनले युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताएका छन्  । ओलीले एमालेमा आवद्ध युवाहरु यस्तो दुव्र्यसनीमा नरहेको समेत जिकिर समेत गरेका छन्  ।  पार्टीको ११ औँ महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरुको कार्यसम्पदानको प्रशंसा गर्दै ओलीले धन्यावाद समेत ज्ञापन गरे ।

उनले  मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्